Toggle Menu

गतिविधिहरू

APF Activities
हेली दुर्घटनामा परिचालन

मिति 2081।04।23 गते अ. 14:20 बजेको समयमा नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं. 7 स्थित सूर्यचौर नजिकैको जंगलमा 1 जना नेपाली चालक र ४ जना चिनियाँ नागरिक सवार AIR DYNASTY को 9N-AJD रजिस्ट्रेसनको हेलीकप्टर त्रिभुवन विमानस्थलबाट स्याफ्रुबेसी, रसुवा उडानको क्रममा  दुर्घटना भएको जानकारी प्राप्त भए पश्‍चात यस तालिम शिक्षालयबाट  सशस्त्र प्रहरी निरीक्षक नविन खतिवडाको कमाण्डमा 1/10 जनाको टोलीले प्रहरी चौकी गुर्जे भञ्‍याङ्ग, नेपाली सेनाको राष्‍ट्रिय निकुञ्‍ज सुरक्षा पोष्‍ट गुर्जे भञ्‍याङ्ग, सशस्त्र प्रहरी बल, नेपाल नं. 19 गण हे.क्वा. (वि.का.) बगलामुखीका गणपति सशस्त्र प्रहरी उपरीक्षक समिक कुमार महर्जन, नं. 19 गुल्म हे.क्वा. नुवाकोटका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रामचन्द्र खिउजु, औद्योगिक सुरक्षा वेश बालाजुका वेश प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक पदम खड्‍का, नेपाली सेना शिवपुरी नागार्जुन राष्‍ट्रिय निकुञ्‍ज लिपिकोट ब्यारेक काठमाण्डौका प्रमुख सेनानी भिष्म के.सी. तथा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र प्रहरी बृत्त बुढानिलकण्ठ, काठमाण्डौका प्रहरी निरीक्षकको कमाण्डमा खटी आएको संयुक्त टोलीले घटनास्थलबाट सम्पूर्ण मृतकहरुको शव संकलन तथा उद्बार गरी पोष्‍ट मार्टमको लागि काठमाण्डौ स्थित त्रि.वि. शिक्षण अस्पतालतर्फ पठाइएको छ । 

2081-4-30
APF Activities
सामुहीक जन्मोत्सव तथा Soldier of the month घोषणा कार्यक्रम

        मिति 2081।03।30 गते यस तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्‍ठ उपरीक्षक राजेन्द्र खड्‍काको प्रमुख आतिथ्यतामा शिक्षालयमा कार्यरत तथा  तालिमरत सशस्त्र प्रहरी कर्मचारीहरुको हौसला र सामूहिक भावना अभिवृद्बि गर्ने उद्देश्य अनुरुप आषाढ महिना भरी जन्मोत्सव परेका 18 जना सशस्त्र प्रहरी कर्मचारीहरुको सामूहिक जन्मोत्सव विभिन्‍न मनोरञ्‍जनात्मक साँस्कृतिक कार्यक्रमहरु गरी मनाइएको छ । सो अवसरमा शिक्षालयमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु मध्येबाट आषाढ महिनामा उत्कृष्‍ट कार्य गरेका आई.डि.नं. 29459 का सशस्त्र प्रहरी परिचर सुरेश बयलकोटीलाई Soldier Of the Month घोषणा गरी प्रशंसा पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला नुवाकोट ककनी गाउँपालिका ककनी  स्थित स्थानीय विभिन्‍न संघसंस्थाको प्रतिनिधि, भद्रभलादमी, नागरिक समाजका अगुवा तथा व्यवसायीहरु समेतको उपस्थिति रहेको  थियो । र उक्त कार्यक्रम समापन पश्‍चात आमन्त्रित व्यक्तित्वहरुसंग समसामयिक विषयमा यस शिक्षालयका समादेशकले अन्तरक्रिया कार्यक्रम  समेत गर्नुभएको थियो ।

2081-3-31
APF Activities
सि.सं. ३ सशस्त्र प्रहरी परिचर आधारभूत तालिमको अन्तिम प्रवचन
मिति २०८१।०३।११ गते यस तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले सि.सं. ३ सशस्त्र प्रहरी परिचर आधारभूत तालिमको अन्तिम प्रवचन गर्नुभएको छ । ८ हप्ता अवधिको उक्त तालिममा बिभिन्न ट्रेडका जम्मा ८१ जना सशस्त्र प्रहरी परिचरहरु सहभागी भएका थिए । उक्त तालिमबाट प्रशिक्षार्थीहरुले विभिन्न  फौजी कलाका साथै आ-आफ्नो ट्रेडसम्बन्धी ज्ञानहरु  हासिल गर्नुभएका छन् । उक्त कार्यक्रमको अवसरमा शिक्षालयका समादेशकज्यूद्धारा जेठ  महिनामा उत्कृष्ट कार्य सम्पादन गरेका सशस्त्र प्रहरी हवल्दार श्याम कुमार थपलियालाई Soldier of the Month घोषणा गरी नगद तथा प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।
2081-3-11
APF Activities
सि.सं. 237 (घ) सप्रज आधारभुत तालिमको प्रथम प्रवचन
मिति २०८१/०२/०७ गते सशस्त्र प्रहरी बल, नेपाल यु.एन.शान्ति स्थापना तालिम शिक्षालय ककनीका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले सि.सं. २३७ (घ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको प्रथम प्रवचन गर्नुभएको छ । ९ महिना अवधिको उक्त तालिममा ११० जना सशस्त्र प्रहरी जवान प्रशिक्षार्थीहरु सहभागी भएका छन् । कार्यक्रमको अवसरमा शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले सशस्त्र प्रहरी बल नेपालमा नवप्रबेशी जवानहरुलाई आधारभूत तालिम अनुशासीत, कर्तव्यनिष्ठ र मेहनातकासाथ सम्पन्न गर्न  निर्देशन दिनुभएको थियो । सोही क्रममा उहाँले आफ्ना सन्ततीहरुलाई सशस्त्र प्रहरी बल, नेपालमा सेवा प्रबेश गराउन अभिप्रेरित गर्नुहुने समस्त अभिभावकहरुलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।

2081-2-8
APF Activities
दर्जानी चिन्ह सु-शोभन

मजकुर कर्मचारी प्रशासन शाखाको विभिन्‍न च.नं. र मितिको पत्रले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ स.प्र.ब.ना.नि., स.प्र.ना.नि., स.प्र.स.नि., स.प्र.ब.ह., स.प्र.ह. र प्राविधिक समूह प्राविधिक उपसमूहतर्फ प्रा.स.प्र.स.ह. पदमा बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीहरु संयुक्त राष्‍ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्म पुलिस युनिटको दशौं डफ्फाको रुपमा दक्षिण सुडानमा कार्यरत रहेकोले दर्ज्यानी चिन्ह सु-शोभन गर्न छुट हुन गएको हुँदा मिति 2081।02।24 गते यस तालिम शिक्षालयका समादेशक आई.डि.नं. 850 सशस्त्र प्रहरी वरिष्‍ठ उपरीक्षक राजेन्द्र खड्‍काले दर्ज्यानी चिन्ह सु-शोभन गर्नु भएको छ  ।

       

        
2081-2-24
APF Activities
सामूहीक जन्मोत्सव तथा Soldier of the Month घोषणा कार्यक्रम

मिति 2081 जेष्ठ 17 गते यस तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र खड्‌काको प्रमुख आतिथ्यमा सामुहिक जन्मोत्सव तथा  Soldier of the Month घोषणा  कार्यक्रम  सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र खड्‌काले जेष्ठ महिनामा जन्मदिन परेका 18 जना स.प्र.क.हरुलाई जन्मदिनको शुभकामना पत्र तथा Soldier of The Month सशस्त्र प्रहरी वरिष्ठ हवल्दार भोज बहादुर बोहरालाई प्रशंसा पत्र तथा नगद पुरस्कार प्रदान गर्नुहुँदै उहाँहरुको व्यक्तिगत तथा व्यवसायिक जिवनको सफलताको कामनाको साथसाथै शिक्षालयमा कार्यरत सम्पुर्ण स.प्र.क.हरुलाई यस तालिम शिक्षालयलाई आफ्नो घरको रुपमा लिई एउटै घरको सदस्यको रुपमा एकाकार भई संगठन र शिक्षालयले दिईएको जिम्मेवारीलाई बहन गर्न निर्देशन दिनु भएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथी समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र खड्‌काले शिक्षालयका स.प्र.क.हरुको सिर्जनात्मक कलालाई प्रस्फुटन गर्न शिक्षालय परिसरमा Creative Board को स्थापना गरी उत्कृष्ट रचनाकारलाई उचित पुरस्कार दिने घोषणा समेत गर्नु भएको थियो। विभिन्न नृत्य, गायन, Mimicery, बाध्यबाधन प्रदर्शन गरिएको उक्त कार्यक्रममा शिक्षालयका समादेशक स्वंयमको कबिता बाचन र नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप मनोमोहक र उचाईमा पुर्याएको थियो ।

2081-2-19
APF Activities
International United Nations Peace Keepers day Program

  मिति 2081।02।16 गते यस तालिम शिक्षालयमा "International Day of United Nations Peacekeepers (May 29)" को अवसरमा शिक्षालय देखि नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. 5 स्थित ककनी बजार हुदै ककनी अन्तर्राष्‍ट्रिय स्काउट केन्द्रको गेटसम्म सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालयबाट शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्‍ठ उपरीक्षक राजेन्द्र खड्‍काको कमाण्डमा 350 जना सशस्त्र प्रहरी कर्मचारीहरुले प्रभातफेरी कार्यक्रम गरी स्थानीय जनप्रतिनिधि, बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु, स्थानीय संचारकर्मी, भद्र भलाद्‍मी लगायत अन्य सरोकारवाला निकायहरुको उपस्थितिमा बसन्ति दरबार, स्थानीय ककनी बजार, शिवमन्दिर, गणेश मन्दिर, थाई स्मृति पार्क, स्काउट केन्द्र, स्थानीय गुम्बाको सरसफाई गरेको, शिक्षालयमा कार्यरत कर्मचारीहरुबीच भलिबल प्रतियोगिता, शिक्षालयको परिसरभित्र बृक्षारोपण, शान्ति स्थापनार्थ विभिन्‍न समयमा संयुक्त राष्‍ट्रसंघमा परिचालित हुँदा प्राणोत्सर्ग गर्नु भएका अमर सशस्त्र प्रहरी कर्मचारीहरुको सम्मानमा उहाँहरुको तस्वीरमा पुष्प गुच्छा तथा फूलमाला अर्पण गर्नुको साथै सोही अवसरमा शान्तिको प्रतीक परेवा जोडी उडाइएको र उक्त कार्यक्रममा शान्ति स्थापनार्थ दशौं डफ्फाको रुपमा साउथ सुडानमा कुशलता पूर्वक कार्य सम्पादन गरी स्वदेश फिर्ता हुनुभएका सशस्त्र प्रहरी कर्मचारीहरु मध्येबाट सशस्त्र प्रहरी सहायक निरीक्षक राम कुमार सरदारलाई उत्कृष्‍ट सशस्त्र प्रहरी कर्मचारी छनौट गरी प्रशंसा पत्र प्रदान गर्ने निर्णय गरिएको छ  ।

     

2081-2-16
APF Activities
सरकारी निकाय तथा बिद्यालयहरुसँग समन्वय , सहकार्य र कक्षा संचालन
बिभिन्न सरकारी कार्यलय तथा बिद्यालयहरु बीच सुरक्षासँग सम्बन्धित बिभिन्न बिषयहरुमा समन्वय, सहकार्य, तथा सहयोग आदनप्रदान गर्ने उदेश्य अनुरुप यस तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले मिति २०८१।०२।१४ गते ककनी गाउँपालीका-५ स्थित ककनी गणेश आधारभूत बिद्यायमा अध्ययनरत ८० जना छात्र छात्राहरुलाई बिभिन्न शैक्षिक सामग्री तथा खाजा बितरण गर्नुभएको छ  । सोही मितिमा यस शिक्षालयका बिपद् व्यवस्थापन प्रशिक्षकबाट सम्पूर्ण बिद्यार्थीहरुलाई बिपद् व्यवस्था सम्बन्धी जानकारी मूलक सचेतना कक्षा समेत संचालन गर्नुभएको थियो ।
2081-2-14
APF Activities
२३ ‍औँ स्थापना दिवस सम्पन्न
सशस्त्र प्रहरी बल नेपाल यू.एन.शान्ति स्थापना तालिम शिक्षालयको २३ औँ  स्थापना दिवस मिति २०८०।०१।०१ गते सशस्त्र प्रहरी बल नेेपाल प्रधान कार्यालय मानवश्रोत विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमज्यूको प्रमुख आतिथ्यतामा विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

नेपालमा शान्ति र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नको लागि  तत्कालिन सरकारको निर्णयसंगै स्थापना भएको सशस्त्र प्रहरी बल, नेपाललाई प्राप्त कार्यादेशहरु कार्यान्वयन गर्न आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुका साथै सशस्त्र प्रहरी कर्मचारीका पेशागत र व्यवसायिक क्षमता अभिवृद्धि गर्नका लागि ककनी गाउँ पालीका -५ नुवाकोटमा रहेको नेपाल प्रहरीको दीपेन्द्र प्रहरी आवासीय विद्यालयको नाममा रहेको जग्गा तत्कालीन मन्त्रिपरिषद्‍को निर्णयले मिति २०५८ वैशाख १ गते सशस्त्र प्रहरी बल तालिम महाविद्यालय स्थापनाको लागि नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बललाई हस्तान्तरण भएको थियो । यसै मितिलाई नै आधार मानी मिति २०८०।०१।०१ गते २३ औँ स्थापना दिवस मनाएको हो ।

मिति २०५८ बैशाख १ गते स्थापना भई  मिति २०८१ साल बैशाख १ गते २३ औं स्थापना दिवस मनाइरहेको सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय, ककनीले आफ्नो स्थापना दिवसको अवसरमा मिति २०८० चैत्र २५ गतेदेखि सप्ताहव्यापी खेलकुद प्रतियोगिता अन्तर्गत भलिवल, व्याडमिण्टन, टेवुल टेनिस, व्यावसायिक प्रतियोगिता अन्तर्गत हाजिरी जवाफ, २ माईल दौड, हतियार ह्याण्डलिङ्ग, बाधापार प्रतियोगिता संचालन गर्नुका साथै मिति २०८०।१२।३० गते यस शिक्षालय आसपासमा रहेका विभिन्न धार्मिक मठ मन्दिरहरुको सर-सफाई तथा वृक्षारोपण कार्यक्रम समेत संचालन गरिएको थियो ।

2081-1-3